मधेश प्रदेश अन्तर्गत ८ वटा जिल्ला मध्ये सबैभन्दा कम क्षेत्रफल र बढी जनघनत्व भएको जिल्ला सिरहा हो । यो जिल्लाको पूर्वमा सप्तरी जिल्ला (बलान नदी), पश्चिममा धनुषा जिल्ला (कमला नदी), उत्तरमा उदयपुर जिल्ला (चुरे पहाड) तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन। सिरहा जिल्लाको भौगालिक अवस्थामा जिल्लाको क्षेत्रफल: १,२२८ वर्ग किलोमिटर, अक्षांश: २६ डिग्री ३३” देखि २६ डिग्री ५५” उत्तर, देशान्तरः ८६ डिग्री ६” देखि ८६ डिग्री २६” पूर्व, उचाई: समुन्द्री सतह देखि ७६ मिटर देखि ८८५ मिटर सम्म, औषत लम्बाई: ४२.४ किलोमिटर छ भने सदरमुकाम सिरहा रहेको छ | जिल्लाको प्राकृतिक बनाबट हेर्दा दक्षिण तर्फ समथर र उत्तरी भेगमा उच्च पाखो जमीन छ । यस जिल्लाको अधिकतम तापक्रम ४०° सेल्सियस र न्युनतम १०° सेल्सियस सम्म रहने गर्छ । यस जिल्लाको बार्षिक औषत बर्षा १४६७ मि.मि. र आद्रता औषत ९०.५ भएको पाइन्छ । जिल्लाको अधिकांस बर्षा मनसुनी हावाले ल्याउछ जुन जेष्ठ महिनाको अन्तिम तिर सुरु भएर असोज महिना सम्म रहन्छ ।धेरै वर्ष पहिले यहाँका राजा “सल्हेस” ज्यादै आदर्श ब्यक्तित्व भएका र सवैलाई सहयोग गर्ने, र सहारा (आश्रय) दिने भएकाले भारतबाट ब्यापार गर्न आउने ब्यापारीहरु जङ्गलै जङ्गल भएको यस ठाँउलाई ”सहारा” भन्दा भन्दै अपभ्रं भएर ”सिरहा” भएको एउटा किंबदन्ती रहेको छ ।
राजनैतिक विभाजन :
- मधेश प्रदेश
- निर्वाचन क्षेत्र ४
- नगरपालिका ८ (सिरहा‚ लहान‚ मिर्चैया, गोलबजार, सुखिपुर, कल्याणपुर, कर्जन्हा र धनगढीमार्इ)
- गाउँपालिका ९ (अर्नमा, औरही, नवराजपुर, भगवानपुर, सखुवानन्कारकट्टी, विष्णुपुर, नरहा, लक्ष्मीपुर पत्तारी र वरियारपट्टी)
जिल्लाकाे सिमाना :
- पूर्व सप्तरी जिल्ला
- पश्चिम धनुषा जिल्ला
- उत्तर उदयपुर जिल्ला
- दक्षिण भारतको विहार राज्यको मधुवनी जिल्ला